चैत महिनामा मात्रै ९३ अर्ब ५५ करोड रेमिट्यान्स भित्रियो

-



     सफल आवाज    
     वैशाख २८ गते २०७९ मा प्रकाशित



काठमाडौं, २८ वैशाख । अघिल्लो चैत महिनामा नेपालमा करिब १ खर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकले चैत महिनामा ९३ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको जनाएको छ । राष्ट्र बैंकले सार्वजनि गरेको तथ्याँकका अनुसार साे रकम भित्रिएकाे जनाइएकाे छ ।

गएको फागुनमा ९१ अर्ब रुपैयाँ रेमिट्यान्स नेपालमा आएको थियो । चैतमा सोभन्दा बढि भित्रिएको छ । देशमा फागुन मसान्तसम्म ६ खर्ब ३१ अर्ब रुपैयाँ रमिट्यान्स नेपाल आएको छ । गएको वर्ष चैतसम रकम ७ खर्ब २४ अर्ब ७४ करोड नेपाल आएको राष्ट्र बैंकले जनाएको छ । यो यसअघिको भन्दा ०.६ प्रतिशतले कमि हो ।

राष्ट्र बैकले समिक्ष अवधिमा विदेशमा रोजगारीका लागि श्रम स्वीकृति लिनेहरुको संख्या २ लाख ५६ हजार ३१ पुगेको जनाएको छ । गएको वर्ष यो संख्या ७४.९ प्रतिशतले घटेको थियो ।

बैंकका अनुसार समिक्षा अवधिमा वैदेशिक रोजगारीको लागि पुनः श्रम स्वीकृति लिनेहरु १९९.९ प्रतिशतले बढेको देखिन्छ । २ लाख ६ हजार ६२९ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।