प्रधानमन्त्री देउवाद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन, १७४ यात्रुले उडान भरे जजिराबाट

-



     सफल आवाज    
     जेठ २ गते २०७९ मा प्रकाशित



काठमाडाैं, २ जेठ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान पहिलो अन्तर्राष्ट्रिय उडान भएको छ । प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गरेका हुन ।

कुवेतबाट नेपाल आएको जजिराको जेजेड आर ५४५ एयरबस ए ३२०–२३३ ले आज बिहान उडान गरेको हो । जहाँजले १७४ यात्रु लिएर गएको हो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी आउने भएपछि यसअघि बुधबार भारतको नयाँदिल्लीबाट अन्तर्राष्ट्रिय उडान भएको थियो । सो विमानमा मोदीका सुरक्षा अधिकारीहरु, बुलेट प्रुफ गाडी ल्याईएको थियो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरले सातामा ३ दिन उडान गर्ने विमानस्थलले जानकारी दिएको छ । जजिराले सोमबार, बुधबार र शुक्रबार बिहान पौने २ बजे अवतरण गर्ने र सोहि राति साढे २ वजे फर्किने जनाईएको छ ।

जजिराको १७५ सिट क्षमता भएको न्यारो बडी एयरबस ३२० आएको हो । जजिराले जुलाईबाट दैनिक उडान गर्ने विमानस्थलले जनाएको छ ।