
काठमाडौं, २ जेठ । बितेका पाँच वर्षदेखि काठमाडौंको अध्ययनलाई मसिनो गरी केउलाउँदै चुनावि मैदानमा कार्ययोजनासहित उत्रिएको बाताउने काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाह आफ्नो प्रतिद्वन्दिभन्दा दोब्बर मतले अगाडी रहेका छन् ।
बालेनले पूर्वान्ह ११ वजेसम्म ६ हजार ४८६ मत प्राप्त गरेका छन् । उनले एमाले उम्मेदवार केशव स्थापितलाई ३ हजार ७३ भोट अन्तर पारेका छन् । स्थापितले ३ हजार ४१३ मत प्राप्त गरेका छन् ।
काठमाडौं महानगरपालिको उपमेयरका उम्मेदवार एमालेकी सुनिता डंगोल ५ हजार ८४४ मतसहित अगाडी रहेकि छन् । उनका प्रथिष्पर्धि एकिकृत समाजवादीका रामेश्वर श्रेष्ठले १ हजार ६०९ मत पाएका छन् ।
यता पोखरा महानगरपालिकामा गठबन्धनका मेयरका उम्मेदवार धनराज आचार्यले अग्रता कायम गरेका छन् । उनले ४१९१ मत प्राप्त गरेका छन् । उनले पछिपछि आएका एमालेका उम्मेदवार कृष्ण थापालाई ३६१ मतले पाछडी पारेका हुन । एमालेका मेयरका उम्मेदवार थापाले ३ हजार ८३३० मत प्राप्त गरेका छन् ।
मतगणना शुरु भएपछि कांग्रेसकि उपमेयरकि उम्मेदवार कोलिा रानाभाटले लिएको अग्रतालाई पछि पार्दै एमालेकि उम्मेदवार मञ्जुदेवी गुरुङ अगाडी आएकि छन् । उनले रानाभाटलाई ८६ मतले पछि पारेकि हुन । मञ्जुदेवी गुरुङले ४ हजार ३८४ मत प्राप्त गरेकि छन् भने प्रतिष्पर्धि रानाभाटले ४ हजार २९८ मत पाएकि छन् ।
यसैबीच देशभरको नतिजालाई हेर्ने हो भने अहिलेसम्म नेपाली कांग्रेसले ४७ स्थानमा जित हाँसिल गरेको छ भने २४२ स्थानमा अग्रता लिएको छ । एमालेले ४४ स्थानमा जितेको छ भने १६३ स्थानमा अग्रता लिएको छ । माओवादी केन्द्रले २६ स्थानमा जित निकालेको छ । उसले ९० स्थानमाअग्रता लिएको छ ।
एकिृत समाजवादीले २ स्थानमा जित र १५ स्थानमा अग्रता लिएको छ । स्वतन्त्र उम्मेदवारले २ स्थानमा जित तथा ७ स्थानमा अग्रता लिएका छन्।






पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर… 



