निक्षेप तथा कर्जा सुरक्षण कोषद्वारा सीइओ नियुक्तीकाे सूचना जारी, कहिलेसम्म दिने आवेदन ?

-



     सफल आवाज    
     जेठ ४ गते २०७९ मा प्रकाशित



काठमाडौं, ४ बैशाख। निक्षेप तथा कर्जा सुरक्षण कोषले खाली रहेको सीइओ पदका लागि आवेदन मागेको छ। नेपाल सरकारले  गठन गरेको छनाेट तथा सिफारिस समितिले कोषकाे प्रमुख कार्यकारी अधिकृतको आवेदनका लागी पत्रिकामा सूचना समेत प्रकाशित गरेकाे छ ।

खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने याे पदका लागि आवेदकले मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, वाणिज्यशास्त्र, व्यवस्थापन, वाणिज्य कानुन, लेखा, बैंकिङ वा बीमा व्यवसायमा कम्तीमा स्नातकोत्तर गरेको हुनुपर्ने भनिएकाे छ। 

चार्टर्ड एकाउन्टेन्टले समेत यो प्रतिस्पर्धामा भाग लिन सक्ने बताइएकाे छ । आवेदककाे बैंक तथा वित्तीय संस्थामा  अधिकृत द्वितिय श्रेणी वा सो सरहको पदमा कम्तिमा ५ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ।

इच्छुक आवेदकलाइ आगामी जेठ २१ गतेसम्म रीतपुर्वक गोप्य सिलबन्दीपत्र पेस गर्न भनिएकाे छ । समितिले छनोट गरेका उत्कृष्ट तीन जनालाइ सरकार समक्ष सिफारिस गर्नेछ।