
काठमाडौं, ५ जेठ । बैंकिङ प्रणालीबाट एक साताको अवधिमा ४ अर्ब निक्षेप बाहिरिएको छ । नेपाल बैंकर्स संघका अनुसार वैशाख ३० गतेसम्ममा आइपुग्दा ४ अर्ब रुपैयाँ बाहिरिएको हो ।
वैशाख २३ गतेसम्म प्रणालीमा ४३ खर्ब ७३ अर्ब ४६ करोड निक्षेप रहेको थियो । वैशाख ३० गतेसम्म आइपुग्दा करिब ४ अर्ब रुपैयाँले घटेर ४३ खर्ब ६९ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । यस्तै यो एक साताको अवधिमा कर्जा प्रवाह पनि २ अर्ब रुपैयाँले घटेको छ ।
वैशाख २३ गतेसम्म ४१ खर्ब ९३ अर्ब रुपैयाँ रहेको कर्जा प्रवाह भएकोमा ३० गतेसम्म आइपुग्दा २ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ९१ अर्ब रुपैयाँमा सिमित भएको छ ।






पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर… 



