काठमाडाैंमा बालेन, चितवनमा रेणु र पोखरामा धनराजकाे अग्रता कायमै

-



     सफल आवाज    
     जेठ ५ गते २०७९ मा प्रकाशित



काठमाडाैं, ५ जेठ। काठमाडाैं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहले शुरूदेखिकाे अग्रतालाइ जाेगाउन सफल भएका छन्। बिहबार बिहानसम्म उनले एमालेका उम्मेदवार केशव स्थापितलाइ १० हजार १०८ मतकाे अन्तरले पछि पारेका छन् ।

बालेनले २१ हजार ३२४ मत पाएका छन् भने स्थापितले ११ हजार २१६ मत पाएका छन् । उपमेयरमा एमालेकी सुनिता ढंगाेलअगाडी रहेकी छन् । उनले १९ हजार ९५६ मत पाएकी छन् । उनका प्रतिष्पर्धी एकिकृत समाजवादीकार रामेश्रर श्रेष्ठले ६ हजार ३१६ मत पाएका छन् ।

पाेखरा महानगरपालिका

उता पाेखरा महानगरपालिकामा प्रमुख पदमा गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)को अग्रता कायम रहेकाे छ । हालसम्म ४७ हजार ४६६ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले १९ हजार ६१५ मत प्राप्त गरेका छन् ।

एमालेका कृष्णबहादुर थापाले १७ हजार ५१२ मत प्राप्त गरेका छन् । उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङले २० हजार २ तथा गठबन्धनबाट कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले १९ हजार ७७४ मत प्राप्त गरेकी छन् ।

भरतपुर महानगरपालिका

चितवनकाे भरतपुर महानगरपालिकामा गठबन्धनकी रेणु दाहाल अगाडी रहेकी छन् । उनले १४ हजार ७६६ मत पाएकी छन् । उनका प्रतिष्पर्धी एमालेका विजय सुवेदीले ११ हजार ७६५ मत पाएका छन् । उपप्रमुखमा कांग्रेसका चित्रसेनअधिकारीले १७ हजार ९६ मत पाएका छन् भने उनकी प्रतिष्पर्धी राप्रपा हलाेकी हिमला गुरूङले ९ हजार ५०१ मत पाएकी छन्।