लगानीकर्ताले राष्ट्र बैंकलाई ४ बुँदे पत्र बुझाएको भाेलिपल्टै नेप्सेमा २३.५१ अंककाे गिरावट

-



     सफल आवाज    
     जेठ ५ गते २०७९ मा प्रकाशित



काठमाडौं, ५ जेठ । साताको सेयर कारोबार हुने चौथो दिन बिहिबार नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकलाई सेयर कर्जामा लगाएको ४/१२ को मापदण्डलाई फिर्ता गर्न चार बुँदे पत्र बुझाएको भोलिपल्टै आज सेयर बजार ओरालो लागेको हो ।

अझैं पनि बजारले सकारात्मक लय नलिएपछि लगानीकर्ताहरुको मनोवल घटेको छ । यसदिन म्युचुअल फण्डमा सामान्य बृद्धि भएपनि अन्य सबै उपसमूहरुमा रातो लागेको छ । सबैको सेयर घटेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २३.५१ अंकले घटेर २२५०.९१ विन्दुमा झरेको छ । नेप्सेमा १.०३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.८८ अंकले घटेर ४३७.२१ विन्दुमा पुगेको छ।

यसदिन कुल २१९ कम्पनीको सेयर कारोबार भएको छ । ३७ लाख ९८ हजार २६३ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब तीस करोड ९ लाख ८१ हजार ९९६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये म्युचुअल फण्डकाे मात्रै सामान्य ढंगले बढेको छ । बाँकी १२ वटै उपसमूहहरु राताम्मै भएका छन्। उनीहरुको सेयर घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी प्रभु बैंक लिमिटेड प्रमोटर सेरको कारोबार भएको छ । जस अनुसार बाह्र करोड ८१ लाख ७९ हजार ९६२ रुपैयाँको कारोबार भएको छ ।