बालेन, दाहाल र धनराजकाे अग्रता कायमै

-



     सफल आवाज    
     जेठ ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ जेठ ।

काठमाडौं महानगरपालिकामा बालेन १२ हजार २१५ मतले अगाडी

निर्वाचनको मत परिणामले स्वतन्त्र उदाएका उम्मेदवार बालेन्द्र शाहलाई अग्रता मिलिरहेको विषय आम जनताबाट अनुमाेदित जनताका प्रतिनिधिको थलो संसद भवनसम पुगेको छ ।

बालेनकाे राजनीतिक उदयले दलका नेताहरु गम्भिर बनेका छन् । उनीहरुले हामी कहि‌कतै चुकेकाे अनुभूति गरेकाे बताउन थालेका छन् । भर्खरकाे लक्का जवानकाे याे टक्कर र चूनाैतीले प्रत्यासि र दलहरुलाइ साेचमग्न बनाइदिएकाे छ ।

स्वतन्त्र उम्मेदवारको रुपमा बालेन मेयरको उम्मेदवारको रुपमा खडा भएपछि एमाले उम्मेदवार तथा पूर्व काठमाडौं महानगरका प्रमुख केशव स्थापितलाई भेटाउन हम्मेहम्मे भएको छ । अब भेटाउने संभावना नहुन सक्छ । किनभने बिहानसम्मको मतान्तर १२ हजार २१५ को रहेको छ । बालेनले २६ हजार ६०१ मत ल्याएका छन् । स्थापितले १४ हजार ३८६ मत ल्याएका छन् ।

उपमेयरमा भने एमालेकि सुनिता डंगोले २६ हजार ५७५ मत पाएकि छन् । उनका प्रतिष्पर्धि एकिकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ५९१ मत ल्याएका छन् । डंगोलले बिहानसम्म १७ हजार ९८४ मतको अन्तरले पछि पारेकि छन् भने उनकाे जितको संभावना प्राप्त मतान्तरले नै देखाइरहेकाे छ।

भरतपुर महानगरपालिकामा रेणुकाे अग्रता

भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनमा माओवादी केन्द्रबाट उम्मेदवार बनेकि रेनु दाहालले अग्रता कायमै राखेकि छन् । उनले तीन हजार ३१० मतान्तरले अग्रता लिएकी छन्।

महानगरपालिकामा ५४ हजार ४२ मत गणना हुँदा दाहालले अग्रतालाई फराकिलो बनाउँदै लगेकि हुन्। दाहालले २० हजार ४९२ मत प्राप्त गर्दा नेकपा (एमाले) बाट प्रमुखको उम्मेदवार बिजय सुवेदीले १७ हजार १८२ मत प्राप्त गरेका छन् ।

यस्तै स्वातन्त्र उम्मेदवार जगन्नाथ पौडेलले सात हजार ८८२ मत प्राप्त गरेका छन् । उपप्रमुखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २२ हजार ९५२ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले १३ हजार ६४६ मत प्राप्त गरेकि छन् । भरतपुर महानगरमा वडा नं १, २, ४, ५, ६, ८ र १० मा कांग्रेस, वडा नं ७ र ९ मा नेकपा (एकीकृत समाजवादी) तथा वडा नं ३ मा एमाले विजयी भएको छ ।

वडा नं ११ र १२ को मत गणना भइरहेको छ । ती दुवै वडामा एमाले अगाडि रहेको छ । भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको थियो ।

पोखरा महानगरमा धनराजकाे अग्रता

पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् । महानगरको ६४ हजार ११ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले २६ हजार ४११ मत प्राप्त गरेका छन् ।

नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले २३ हजार २४५ मत प्राप्त गरेका छन् । आचार्यले तीन हजार १६६ मतले अग्रता हासिल गरेका छन् । उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट २६ हजार ६४४ मतसहित अघि रहेकि छन् भने एमालेकी मञ्जुदेवी गुरुङले २६ हजार ५७८ मत प्राप्त गरेकि छन् ।