कोभिड-१९ भ्याक्सिन उत्पादन नीति ल्याइने

-



     सफल आवाज    
     जेठ १० गते २०७९ मा प्रकाशित



काठमाडाैं, १० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशमै कोभिड-१९ भ्याक्सिन उत्पादन नीति ल्याइने बताएकी छिन्। नेपाल सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले साे कुरा बताइन् । रकारले काेभिड विरूद्धकाे खाेप उत्पादनमा ध्यान दिने बताइन ।

उनले कृषि क्षेत्रलाई विशेष प्राथमिकता लिइने पनि बताएकी छन् । आगामी वर्ष थप २२ हजार दुई २ सय हेक्टर कृषि योग्य जमिनमा सिचाँइ सुविधा सरकारले पुर्‍याउने भएकाे छ। तरकारीमा विषादी परीक्षण, क्वारेन्टिनमा निजीलाई पनि समावेश गरिने भएकाे छ।

पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई नियमित बनाइने

सरकारले पेट्रोलियम पदार्थको मूल्य निर्धारण स्वचालित प्रणालीमा आधारित बनाउने भएकाे छ। पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई नियमित र सहज बनाउने उनले बताएकि छन् ।

पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई नियमित, सहज तथा लागत प्रवाही बनाइने नीति तथा कार्यक्रम रहेकाे छ।