
पोखरा, ११ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीको चाहना, आवश्यकता बमोजिम बजेटका सिद्धान्त र प्राथमिकता, नीति तथा कार्यक्रम र बजेट ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
गण्डकी प्रदेश सभाको बुधबारको बैठकमा मुख्यमन्त्री पोखरेलले लोकतान्त्रिक गणतन्त्र, संघीय शासन व्यवस्था, समावेशिता, समाजवाद उन्मुख अर्थतन्त्र लगायत संविधानका आदर्श र दिशा निर्देशलाई अनुसरण गर्दै सरकारले प्रदेशवासीको चाहना, आवश्यकता बमोजिमको बजेटका सिद्धान्त, प्राथमिकता, नीति तथा कार्यक्रम र बजेट ल्याउने सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
कोरोना कहरपछि आर्थिक क्रियाकलाप सामान्य अवस्थामा आउँदै गर्दा उत्पादनका क्षेत्रमा थप लगानी गरी तीव्र आर्थिक वृद्धि हासिल गर्ने र स्रोत साधनको वितरणलाई सन्तुलित, समन्यायिक र सामाजिक न्यायको प्रत्याभूति गराई समुन्नत प्रदेश बनाउने अठोट प्रदेश सरकारको रहेको बताए ।
मुलुकको व्यापार घाटा बढ्दोक्रममा छ । दैनिक उपभोग्य वस्तुको आयात समेत बढ्दै जानु, आन्तरिक उत्पादनमा अपेक्षाकृत वृद्धि हुन नसक्नुले मुलुकको अर्थतन्त्रमा चुनौती थप्दै लगेको छ । प्रदेश सरकारले आत्मनिर्भर अर्थतन्त्रको प्रतिवद्धता व्यक्त गरिरहेको उनले बताए ।
उच्च आर्थिक वृद्धिको लक्ष्य तय गर्दै अगाडि बढिरहेको अवश्था छ । तर हामीसँग भएका उत्पादनका साधनको प्रभावकारी उपयोग गर्न नसक्ने जस्ता समस्या निरन्तर दोहरिएका उनले बताए ।
बर्सेनि व्यावसायिक कृषिको नारा लगाइरहने तर खेतीयोग्य जमीन बाँझो रहने, सिंचाइको प्रबन्ध गर्न नसक्ने, जलस्रोतको उपयोग गर्न नसक्ने, उद्योग धन्दाको संरक्षण तथा विस्तार गर्न नसक्ने जस्ता कारणबाट लाखौं युवाहरु रोजगारीका लागि विदेशिनुपर्ने वाध्यता हाम्रा सामु रहेको बताए ।
यस्ता समस्याका बारेमा प्रदेश सरकार संवेदनशील रहेको छ । प्रदेशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने, उत्पादन र रोजगारीमा वृद्धि गर्ने र आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गर्ने सोचका साथ आगामी वर्षको बजेटको तयारीमा जुटेको उनले बताए ।
आगामी आर्थिक वर्ष आत्मनिर्भर प्रदेशको जग बसाउनका लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । नेपालको संविधान, १५ औं आवधिक योजना, दीगो विकासका लक्ष्य, प्रदेशको प्रथम पञ्चवर्षीय योजना, समृद्ध प्रदेश सुखी प्रदेशवासीको दीर्घकालीन सोच र यो सरकार गठन हुने बेलामा गरिएका साझा प्रतिबद्धता नै आगामी वर्षको बजेटका लागि मार्गदर्शन मानेर हामी अगाडि बढेका उल्लेख गरे ।

मुख्यमन्त्री पाेखरेलकाे संवाेधनकाे पूर्णपाठ तलकाे बक्समा पढौं






पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर… 



