युक्रेनमा शान्ति स्थापना बारे जेलिन्स्किी र तैयप एर्डोगानका बीचमा फोनवार्ता छलफल

-



     सफल आवाज    
     जेठ १७ गते २०७९ मा प्रकाशित



किभ, १७ जेठ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किी र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानका बीचमा फोनवार्ता भएको छ ।

युक्रेनका राष्ट्रपति जेलिन्स्किीले दिएको जानकारीअनुसार उनीहरुका बीचमा सम्पन्न सो फोनवार्ताका क्रममा युक्रेनमा शान्ति स्थापनाको आवश्यकतामा सहमति भएको राष्ट्रपति भोलोडिमिर जेलिन्स्किीले बताए। उनले आफूले सोमबार टर्कीस् राष्ट्रपति एर्डोगानसँग वार्ता गरेको र उनी युक्रेनमा शान्ति स्थापनाका लागि तयार रहेको जानकारी दिएका थिए ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किीले ट्वीटमार्फत् दिएको जानकारीअनुसार टर्कीस् राष्ट्रपति एर्डोगानले युक्रेनमा शान्तिको स्थापना हुनुपर्ने भन्दै त्यसका लागि आवश्यक मात्रामा टर्कीले सघाउने कुरा गरेको बताए।

राष्ट्रपति जेलिन्स्किीले टर्कीको यो सहयोग र सदासयताको सराहना गर्नुपर्ने पनि सो ट्वीट्मा उल्लेख गर्नुभएको छ । रुसले युक्रेनमा सैन्य कारबाही गरिरहेको छ । यसबाट युक्रेनको आर्थिक अवस्था संकटपूर्ण बन्दै गएको बताइएको छ ।