भारतको उत्तराखण्डमा बस दुर्घटना, २५ जनाको मत्यु

-



     सफल आवाज    
     जेठ २३ गते २०७९ मा प्रकाशित



नयाँ दिल्ली, २३ जेठ । भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा बस दुर्घटना हुँदा त्यसमा परेर कम्तीमा पनि २५ जनाको ज्यान गएको छ । बस खाल्डोमा खसेर दुर्घटना भएको यहाँको प्रहरीले जानकारी दिएको छ ।

त्यस बसमा मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालकसहित ३० जना सवार रहेका थिए । भारतको एक समाचार समिति, एसियन न्युज एजेन्सीले सो समाचारको पुष्टि गरेको छ । साथै उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले पनि सो दुर्घटनामा परेर २५ जनाको मृत्यु भएको जानकारी दिए।

उक्त बसमा हरिद्वारबाट तिर्थयात्रीहरु गएका थिए । बसमा सवार सबै यात्रु चारधाम तीर्थ यात्राका लागि जाँदै थिए ।त्यसमा परेर पाँच जना घाइते भएका बताइएको छ । घाइतेलाई स्थानीय अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । बसमा चालक र क्लिनरबाहेक १४ पुरुष र १४ महिला सवार थिए ।

उत्तराखण्डका मुख्यमन्त्री धामी र मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान आज देहरादूनबाट दुर्घटनास्थलतर्फ प्रस्थान गर्न गरे ।