
नयाँ दिल्ली, जेठ २४ । भारतमा २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमितका थप सङ्ख्या तीन हजार ७१४ पुगेको छ । केही दिनयता चार हजार पार गरेको कोरोना सङ्क्रमतिहरुमा पुनः कमि आएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।
भारतमा गत शुक्रबारयता कोरोना सङ्क्रमितका दैनिक सङ्ख्या चार हजार नाघेको थियो । करिब तीन महिनापछि गत शुक्रबार भारतमा दैनिक कोरोना सङ्क्रमण चार हजार नाघेको थियो । गत मार्च ११ मा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार १९४ पुगेको थियो ।
गत शुक्रबार चार हजार ४१ मा कोरोना सङ्क्रमण भएको थियो । आइतबार यहाँ कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ५१८ रहेको थियो । यद्यपी आइतबार तुलना सोमबार कमि अएको समाचारमा जनाइएको छ । हाल भारतमा कोरोनाका सक्रिय सङ्क्रमित सङ्ख्या २६ हजार ९७६ रहेका छन् । सक्रिय सङ्क्रमितको यो संख्या भारतमा हालसम्म भएका कोरोना सङ्क्रमितको ०।०६ प्रतिशत भएको जनाइएको छ ।
सोमबार मध्यरातिसम्म अर्थात २४ घण्टाको समयावधीमा दुई हजार ५१३ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड २६ लाख ३३ हजार ३६५ पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८।७२ प्रतिशत रहेको छ ।
भारतमा कोरोना शुरुभएदेखि हालसम्म कुल ८५ करोड ३२ लाख परीक्षण भएको छ । भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९४ करोड २७ लाख १६ हजार ५४३ हजार खोप लगाइएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




