जनतामा स्वास्थ्य जनचेतना जगाउन श्रोतहरुको उपयोग गर्न आवश्यक : डा मिश्रा

-



     सफल आवाज    
     जेठ २६ गते २०७९ मा प्रकाशित



पाेखरा, २६ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य समन्वय महाशाखाकी प्रमुख डा.संगीता कौशल मिश्राले कुनै पनि विषयसंग मानविय स्वास्थ्यका कुरा जोडिने भएकोले संचार क्षेत्रले स्वास्थ्यका सहि कुराहरु जनता समक्ष पुर्याउन आवश्यक भएको बताएकी छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पोखरामा संचारकर्मिहरुको लागि गरेको “जोखिम संचार तथा सामुदायिक सहभागिता” सम्बन्धी छलफल कार्यक्रममा मिश्राले कहिलेकाँही छिटो गर्ने र पहिलो हुने नाममा कतै जनतामा गलत सूचना त गएको छैन भन्ने बारेमा सचेत रहनु पर्ने बताईन् ।

बेलामा बेलामा विभिन्न प्रकारका विपद्हरु आईपर्ने संभावना रहेको र आएका पनि देखिएकोले तिनिहरुको बारेमा सहि श्रोतबाट जनतालाई सहि सूचना दिने र त्यसबाट बच्न सावधानि अपनाउने धारणाको विकास गराउने काममा संचार, सरोकारवाला निकाय र सूचना लिने समुदाय सजग हुन जरुरी भएको बताईन् ।

कार्यक्रममा वरिष्ठ स्वास्थ्य प्रशासक डा.समिर कुमार अधिकारीले आफ्नो प्रस्तुति राख्दै समाजमा सबै प्रकारका विकासका काम स्वास्थ्यसंग जाेडिएर आउने भएकोले स्वास्थ्य नै राम्रो बनाउनु पर्ने उपाए अपाउनु पर्नेमा जोड दिए । स्वास्थ्य राम्रो हुनु भनेको अन्ततः खुसि र सुखि हुनु नै हो उनले भने।

डा.अधिकारीले जोखिम संचारका विभिन्न पक्षहरुको बारेमा जानकारी गराउँदै जहिले पनि संचारजगतले आफ्नो साखलाई नगुमाई आधिकारीक श्रोतका सूचनाहरु लिएर सूचनाग्रहणकर्तासम्म पुर्याउँदा गलत र बढाईचढाई हुन नहुनेमा जोड दिए । अधिकारीले जोखिमको बेलामा जनताले सहि सूचनाको खोजि गरिरहेको हुन्छ र साे अनुसार धारणा बनाउछन्। त्यो बेलामा यदि गलत सूचना गईहाल्यो भने मानिसमा गलत सूचनाको छाप पर्ने भएकोले दोहोर्याएर सहि कुराहरु दिन खोज्दा धेरै ढिलो भईसक्ने कुरालाई ख्याल गर्न आग्रह गरे ।

संचार विश्वास हो, अधिकारीले भने, त्यहि विश्वास विपद् वा अन्य समयमा श्रोताका लागि दिईने सूचनाबाट मानिसले आफ्नो व्यवहारमा उतार्नु पर्ने र परिवर्तन देखिने भएकोले संरचनागत श्रोतसम्म पुगेर सूचना संप्रेषणको कर्म गर्नुपर्नेमा जोड दिए ।

त्यस अवसरमा डा. अधिकारीले जोखिम संचारको उदेश्यका बारेमा प्रस्ट पार्दै नागरिकलाई जोखिमको बारेमा सुसूचित बनाउनु पर्ने, उनीहरुलाई सक्षम र विश्वासको वातावरण बनाउने, सहि र उपयुक्त कार्य गर्न प्रोत्साहन जगाउनु पर्ने, महामारीबाट हुनसक्ने क्षेती कम गर्न सकिने बताए । यस्तै महामारीको बेलामा मानिसलाई छिटोछिटो सूचना चाहिने र आशा गरिरहेको हुने भएकोले र उनीहरुले सोहि अनुसारको धारणा बनाई व्यवहारीक बन्नु पर्ने भएकोले नागरिकले विश्वास गर्ने तरिकाले छिटो तर सहि सूचना प्रवाह गर्न आवश्यक भएको बताए ।

डा.अधिकारीले नागकिलाई महामारीको बारेमा सुन्ने र आफुलाई लागेका कुराहरु व्यक्त गर्नसक्ने बनाउने नै कार्य भएकोले रोग तथा संकटका विरुद्ध लड्न सबैको संलग्नताको खाँचो औंल्याए ।

स्वास्थ्य क्षेत्रका सूचनाहरुलाई संप्रेषण गर्दाका बखत विज्ञानसंगत कुराहरुलाई जोडेर कर्यान्वयनमा जानु पहिले एकपटक राम्ररी सोंचबिचार गर्ने, बुझ्ने र त्यसलाई विश्वसनिय बनाउन संप्रेषणमा गए पहिलो पनि भईन्छ र विश्वसनीय काम भएको पनि महसुस हुने उनकाे भनाइ थियाे । यसअघि कार्यक्रममा सहभागिहरुलाई स्वास्थ्य शिक्षा प्रशासक माधव श्रेष्ठले स्वागत गरेका थिए ।