
काबुल, ३० जेठ । अफगानिस्तानले साउदी अरेबियाको सहयोगको स्वागत गरेको छ । साउदी अरेबियाले हालै अफगानिस्तानलाई ३ करोड अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको थियो ।
सो सहयोगप्रति अफगानिस्तानको सरकारले स्वागत व्यक्त गरेको हो । अफगानिस्तानको काम चलाउ सरकारको विदेश मन्त्रालयले आइतबार एक विज्ञप्ति प्रकाशन गरी सो सहयोगका लागि धन्यवाद पनि ज्ञापन गरेको छ । अफगानिस्तानको इस्लामिक विकास बैंकमा साउदी अरेबियाले सो सहयोग उपलब्ध गराएको थियो ।
उक्त सहयोग अफगानिस्तानलाई उपलब्ध गराइने मानवीय सहायता अन्तर्गत दिइएको साउदी अरेयिबा सरकारले जनाएको छ । अफगानिस्तानमा हाल तालिबान सरकार छ । यो सरकारलाई मान्यता नदिएकाले पश्चिमा देशहरुबाट अपेक्षित सहयोग आएको छैन । यसैकारण पनि हाल अफगानिस्तान आर्थिक रुपमा कमजोर अवस्थामा पुगेको छ ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




