
काबुल, ६ असार । अफगानिस्तानका २० प्रान्तका विभिन्न स्थानमा गरी ६ हजार ५०० भन्दा बढी परिवारलाई मानवीय सहायता प्रदान गरिएको छ । उनीहरुले गएको एक हप्ताभित्रमा यो सहायता प्राप्त गरेका अफगानिस्तानको शरणार्थी तथा पुनस्र्थापनासम्बन्धी मन्त्रालयले जानकारी दिएको छ ।
प्राप्त भएका सामग्रीहरुमा खाद्यान्न, औषधि तथा अन्य अत्यावश्यकताका सामग्रीहरु रहेका पनि सो मन्त्रालयले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा जानाइएको छ । यी सामग्रीहरु विभिन्न स्थानीय तथा विदेशी दाता संस्थाहरुबाट प्राप्त भएको पनि आइतबार सो मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । यहाँ वर्षदिन अघिदेखि तालिबानहरुले शासन सत्ता आफ्ना हातमा लिएपछि मानिसहरुलाई न्युनतम आवश्यकताको पनि समस्या पर्दै आएको छ ।
यसैकारण अफगानिस्तानका नागरिकलाई विभिन्न विदेशी राष्ट्र तथा दाता संस्थाहरुले पनि सहयोग गर्दै आएका छन् । यस देशको ३ करोड ५० जनसङख्यामध्ये कम्तीमा पनि २ करोड २० लाख मिलियनलाई खाद्यान्नको समस्या अहिले पनि देखिएको छ । त्यसैले विभिन्न दाता संस्था तथा राष्टहरुले यहाँका नागरिकलाई खाद्यान्न लगायतको अति आवश्यकताका सामग्रीहरु सहयोग गर्दै आएका छन् ।








काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा… 




