
काठमाडौं, १२ असोज । नेपालमा गएको २४ घण्टामा १ हजार ३ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर १ हजार ३ सय ५१ संक्रमित थपिएको जनाएका हुन् । उनका अनुसार पछिल्लो समय १० हजार ८० पिसीआर परीक्षण भएको हो ।
हाल नेपालमा १९ हजार ६ सय २४ जना सक्रिय संक्रमित रहेका छन् ।
यसैगरी, पछिल्लो २४ घण्टामा ७ सय ४२ जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म निको निको हुने संख्या ५४ हजार ६ सय ४० जना पुगेको छ । कोरोना निको हुने दर ७३ दशमलब १ प्रतिशत रहेको प्रवक्ता गाैतमले जनाए ।
यसैगरी, काठमाडौं उपत्यकामा ८ सय १७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । जसमा काठमाडौं जिल्लामा ६ सय ४९, ललितपुरमा १ सय ३२ र भक्तपुरका ३६ जना संक्रमित छन् ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




