अस्पतालहरु अपाङ्ग मैत्रि बनाइनु पर्छ : स्वास्थ्य मन्त्री गुरुङ

-



     सफल आवाज    
     असार १३ गते २०७९ मा प्रकाशित



पोखरा, १३ असार। गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले अस्पतालहरु अपाङ्ग मैत्रि हुनु पर्नेमा जोड दिएकी छन् ।

सोमवार अपांगता भएका ब्यक्तिहरुको स्वास्थ्य सेवामा अधिकार र पहुँच संबन्धि अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएकी हुन् । वास्तबिक अपाङ्गगता भएकाहरुले अस्पतालहरुमा पाउनु पर्ने सेवा तथा सुबिधाहरु पाउनु पर्नेमा उनको जोड रहेको थियो । स्वास्थ्य बीमामा केही समस्याहरु भएको बताउदै त्यो समाधान हुनु पर्नेमा जोड दिईन् ।

इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले कुनै पनि बहानामा अपाङ्गता भएका ब्यक्तिहरुलाई स्वास्थ्यको क्षेत्रमा बञ्चित गर्न नहुनेमा जोड दिए । उनले सबै स्वास्थ्य संस्थाहरु अपाङ्ग मैत्रि नभएकोले यसतर्फ ध्यान आग्रह गरे ।

राष्ट्रिय अपाङ्ग महासंघ गण्डकीका अध्यक्ष खोमराज शर्माले स्वास्थय क्षेत्रमा अपाङ्गता भएकाहरुको पहुँच, उनिहरुले भोगेका समस्याहरुका साथै सुधार के कसरी गर्न सकिन्छ त्यसका बारेमा प्रकास पारेका थएि । उनाँले अपाङ्गता भएका ब्यक्तिहरु स्वास्थ्य क्षेत्रमा सेवा लिन जाँदा गुणस्तरीय सेवा प्राप्त गर्नबाट बञ्चित भएको बताए ।

हरियो खर्क अस्पतालका प्रमुख अरुण बुढाले अस्पतालले प्रदान गर्ने सेवा सुबिधाको बारेमा जानकारी गराएका थिए । अपांगता स्वावलम्बन बिकास संघ (डिडा) नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, आईएनएफ नेपाल, हरियो खर्क अस्पतालको संयुक्त आयोजनामा भएको कार्यक्रममा आइएनएफका सामुदायिक स्वास्थ्य पहुँच प्रवन्धक बिष्णु गिरी, गैर सरकारी संस्था महासंघ गण्डकीका कार्यवाहक अध्यक्ष पद्मराज पहारी, डिडाका अध्यक्ष दीपक तिमिल्सिना, महिला मानवअधिकार रक्षक सञ्जाल कास्कीका संयोजक इन्द्रकुमारी शर्मा लगाएतले अपाङ्गता भएकाहरुको लागि स्वास्थ्य सेवामा अधिकार र पहुँचको बारेमा बोलेका थिए ।