पोखरामा १२ जना संक्रमित थप

-



     सफल आवाज    
     असाेज १३ गते २०७७ मा प्रकाशित



पोखरा, १३ असोज । पोखरामा थप १२ जना कोरोना संक्रमित फेला परेका छन् ।

पोखरामा मंगलबार दिउँसो पनि १४ जनामा संक्रमण पुष्टि भएको थियो । यो सहित गएको २४ घण्टामा पोखरमा २६ जनामा संक्रमण देखा परेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो पटक नवलपुरका १, तनहुँका ४, स्याङ्जाका ३ जना संक्रमितसहित कुल संक्रमित संख्या ३ हजार ८ सय ३३ पुगेको छ । यसअघि दिउँसो १८ जना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदबिन्दु शर्माले जनाए ।