
कीभ, २५ असार । यूक्रेनको वित्तीय स्थिरता सुनिश्चित गर्न यूरोपेली यूनियन (ईयू) ले एक अर्ब यूरो बराबरको नयाँ सहयोगको घोषणा गरेको छ । यस सहायता प्रस्तावलाई युरोपेली संसदले अनुमोदन गरिसकेको यूक्रेनी अर्थ मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “यूरोपेली युनियन (ईयू) को बृहत् आर्थिक सहायतालाई प्राथमिकतामा राखेर बजेट आवश्यकताहरूको वित्त व्यवस्थापन र साधारणतया यूक्रेनमा वित्तीय स्थिरता सुनिश्चित गर्न निर्देशित गरिनेछ ।” युरोपेली संसदले यूक्रेनको तत्काल बजेट आवश्यकता पूरा गर्न एक अर्ब यूरो बराबरको ताजा सहायता प्रदान गर्ने युरोपेली आयोगको प्रस्तावलाई समर्थन गर्ने पक्षमा मतदान गरेको छ ।
यूक्रेनका लागि नयाँ सहायता दिने निर्णय युरोपेली आयोगले जुलाई १ मा घोषणा गरेको थियो । यसलाई लागू गर्न यूरोपेली परिषद्ले पनि समर्थन गर्नुपर्छ । अप्रिल महिनामा यूक्रेनका प्रधानमन्त्री अस्विकार स्मिहाले रुससँगको द्वन्द्वका बीच सबै सामाजिक तथा मानवीय दायित्व पूरा गर्न युक्रेनलाई मासिक पाँच अर्ब डलर आवश्यक रहेको बताएका थिए।
यूक्रेनले मार्चदेखि यूरोपेली यूनियनबाट दुई पटक गरेर १.२ अर्ब यूरो (करिब १.२२ अर्ब अमेरिकी डलर) प्राप्त गरेको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




