चरक अस्पताल र स्याङ्जा गण्डकी यातायातबीच स्वास्थ्य सम्झौतामा हस्ताक्षर

-



     सफल आवाज    
     असार २६ गते २०७९ मा प्रकाशित



पोखरा, २६ असार । स्याङ्जा गण्डकी यातायात प्रा.लि.मा आवद्ध सवारी साधनहरुले भईपरि आउने दुर्घटनाको उपचारमा विशेष छुट पाउने भएका छन् ।

पोखरामा स्याङ्जा गण्डकी यातायात प्रा.लि. र पोखरा–८ स्थित चरक मेमोरियल अस्पतालबीच भईपरि आउने दुर्घटना तथा उपचारसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा चरक मेमोरियल अस्पतालका प्रवन्ध निर्देशक कपिल पोखरेल र प्रा.लिका कोषाध्यक्ष महेश बहादुर थापाले हस्ताक्षर गरेका हुन् ।

स्याङ्जा गण्डकी यातायातमा आवद्ध सवारीमा भईपरि आउने दुर्घटनाका घाइते भएकाहरुको अस्पतालले औषधोपचारमा विशेष छुट दिने सहमती भएको छ ।

यस्तै प्रालिमा आवद्ध कर्मचारी तथा उनीहरुका परिवारको दुर्घटना तथा अन्य उपचारमा पनि विशेष छुटसहित उपचार गरिने सम्झौता भएको प्रा.लिका महासचिव भानुभक्त बरालले जानकारी दिए ।