स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खापुङले गरे पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकाे निरीक्षण

-



     सफल आवाज    
     असार ३० गते २०७९ मा प्रकाशित



पाेखरा, ३० असार । नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल निरीक्षण गरेका छन । साे अवसरमा उनले अस्पतालमा भइरहेका सेवा प्रवाह, भोग्नुपरेका कठिनाईलगायत विषयमा जानकारी लिएका थिए ।

निरीक्षणका क्रममा मन्त्री खापुङलेअस्पतालबाट प्रदान गरिने उपचार सेवालाई सहज र प्रभावकारी बनाउन निर्देशन समेत दिउ । मन्त्री खापुङलाई अस्पतालका निर्देशक डा.भरतबहादुर खत्रीले अस्पतालबाट भइरहेका सेवा प्रवाहसँगै भौतिक पूर्वाधार, जनशक्ति, उपकरणको अवस्थालगायत विषयमा जानकारी गराएका थिए ।