विश्वभर निकाे हुनेहरू २ करोड ५१ लाख ७२ हजार ९७१

-



     सफल आवाज    
     असाेज १४ गते २०७७ मा प्रकाशित



काठमाडौं, १४ असोज । विश्वभर कोरोना भाइरसको संक्रमणबाट निको भएकाहरुको संख्या २ करोड ५१ लाख ७२ हजार ९७१ पुगेको छ । कुल संक्रमित संख्या ३ करोड ३८ लाख ७५ हजार ९९३ पुगेको छ भने हालसम्म १० लाख १३ हजार १९९ जनाले ज्यान गुमाएका छन ।

कोरोनाका सक्रिय केसहरु ७६ लाख ८९ हजार ८२३ रहेका छन । ७६ लाख २३ हजार ८२७ जनाको अवस्था सामान्य भईरहेको छ । ६५ हजार ९९६ को अवस्था गम्भिर रहेको छ ।

सबैभन्दा बढी संक्रमण फैलिएको संयुक्त राज्य अमेरिकामा ४६ लाख ४९ हजार ५२१ जना निको भएका छन । त्यहाँ ७४ लाख ६ हजार ७२९ जनामा संक्रमण भएकोमा २ लाख १० हजार ७९७ जनाको ज्यान गएको छ ।

भारतमा ५१ लाख ८७ हजार ८२५ जना निको भएका छन । ६२ लाख २९ हजार ४७४ जनामा संक्रमण भएकोमा ९७ हजार ५४१ जनाको ज्यान गएको छ ।

ब्राजिलमा ४१ लाख ३५ हजार ८८ जना निको भएका छन । ४७ लाख ८० हजार ३१७ जनामा संक्रमण भएकोमा १ लाख ४३ हजार १० जनाको ज्यान गएको वर्ल्डओमिटर्स डट इन्फोले जनाएको छ ।