
काठमाडौं, २ साउन । पछिल्लो २४ घण्टामा देशभर ४५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। सोही अवधिमा कोरोना सङ्क्रमणबाट एक जना४५७ जनामा कोरोना सङ्क्रमण, एकको मृत्युको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ३४१ जनाको पीसीआर तथा २ हजार ३१० जनाको एन्टिजेन विधिबाट गरी जम्मा ४ हजार ६५१ जनाको नमूना परीक्षण गरिएको हो ।
यस्तै ४८ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ९ लाख ६८ हजार ६४ पुगेको मन्त्रालयले जनाएको छ ।
यो अवधिमा ९८ हजार ९ सय जनाले कोभिड विरुद्धको खोप लगाएको मन्त्रलयको तथ्याङ्क छ । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ७७६ रहेको र अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५४ पुगेको छ ।
सङ्क्रमितहरु मध्ये होम आइसोलेशनमा १ हजार ७०१, संस्थागत आइसोलेशनमा ७५, आइसीयूमा १५ र भेण्टिलेटरमा १ रहेका छन् ।








पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई रु दुई खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध…
काठमाडौं, ७ मंसिर। भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले नेपाल र भारतबीचको सम्बन्ध हिमालय…
काठमाडौं, ७ मंसिर। प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ महत्त्वपूर्ण विषयमा… 




