
काबुल, ८ साउन । इरान र अफगानिस्तानले पारस्परिक व्यापार वृद्धिका निम्ति सहकार्य गर्न सहमति जनाएका छन् । दुवै देशबीच इन्धन व्यापारको सम्झौता पनि भएको छ । शनिबार दुई देशबीच भएको सम्झौताअनुसार अफगानिस्तानले तीन लाख ५० हजार टन इन्धन आयात गर्नेछ ।
इरान भ्रमण गरेको अफगान प्रतिनिधिमण्डलले छिमेकी देशबाट तीन लाख ५० हजार टन तेल खरिद गर्न इरानी कम्पनीसँग शनिबार सम्झौता गरिएको अर्थ मन्त्रालयले आज एक विज्ञप्तिमार्फत जनाएको छ ।
प्रतिनिधिमण्डलमा अर्थ र परराष्ट्र मन्त्रालय, केन्द्रीय बैंक, अफगानिस्तान आयल एण्ड ग्यास कर्पोरेशन र अफगानिस्तान राष्ट्रिय नापतौल प्राधिकरणका उच्च अधिकारी थिए । इरानमा रहँदा प्रतिनिधिमण्डलले पछिल्लो समय पेट्रोल र ग्यासको मूल्यमा भएको वृद्धि, अफगानिस्तानमा तेल खरिद, दर र पेट्रोलियम पदार्थको ढुवानीलगायत विषयमा छलफल गरेको थियो ।
अर्थमन्त्रालयका अनुसार तेल आयातको सम्झौतासँगै दुवै पक्षले पेट्रोलियम पदार्थको व्यापार, पारवहनमा सहजीकरण, इन्धन आयातका लागि पाइपलाइन बिछ्याउने र देशमा इन्धन प्रशोधन केन्द्र स्थापनाका निम्ति संयुक्त समिति गठन गर्ने सहमत भएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




