
काठमाडौं, ९ साउन । पछिल्लो २४ घण्टामा देशभर ५ सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार परीक्षणका दुई विधि पीसीआर र एन्टिजेन गरी ४ हजार ८ सय जनाको नमुना परीक्षण गरिएकोमा ५ सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यो आँकडासँगै नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ५ सय ३४ पुगेको छ । केही समययता थपिने सङ्क्रमितको सङ्ख्या बढिरहेको र निको हुनेको सङ्ख्या घटिरहेकाले सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको हो ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो अवधिमा ६३ हजार ३ सय ७२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।








पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई रु दुई खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध…
काठमाडौं, ७ मंसिर। भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले नेपाल र भारतबीचको सम्बन्ध हिमालय…
काठमाडौं, ७ मंसिर। प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ महत्त्वपूर्ण विषयमा… 




