गण्डकीमा कुल संक्रमित ४००३ पुग्यो

-



     सफल आवाज    
     असाेज १७ गते २०७७ मा प्रकाशित



पोखरा, १७ असोज । गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेहरुको संख्या ४ हजार नाघेको छ ।
पछिल्लो समय १७ जना सङ्क्रमित थपिएपछि प्रदेशमा कुल संक्रमितको संख्या ४ हजार ३ जना पुगेको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार गएको २४ घण्टामा कास्कीका १० जना, गोरखा जिल्लाका ५ र तनहुँका २ जना थपिएका हुन् ।

कुल सङ्क्रमितमध्ये प्रदेशमा हालसम्म २ हजार ८ सय ३१ जना निको भएका छन् । कोरोनाबाट ज्यान गुमाउनेको संख्या गण्डकीमा ३३ जना पुगेको छ ।

प्रदेशमा सक्रिय सङ्क्रमित हाल १ हजार १ सय ३९ जना छन् ।