गण्डकीमा कुल संक्रमित ४०१५ पुग्यो

-



     सफल आवाज    
     असाेज १७ गते २०७७ मा प्रकाशित



पोखरा, १७ असोज । गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेहरुको संख्या ४ हजार १५ पुगेको छ ।

पछिल्लो समय पोखरामा ८ जना संक्रमित थपिएका हुन् ।

साथै, स्याङ्जाका १, लमजुङका २ जना, म्याग्दीका १ जना संक्रमित थपिएका हुन् ।

यसैगरी शनिबार बिहान पनि पोखरामा १० जना संक्रमित थपिएका थिए ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार गएको २४ घण्टामा गोरखा जिल्लाका ५ र तनहुँका २ जना थपिएका छन् ।

कुल सङ्क्रमितमध्ये प्रदेशमा हालसम्म २ हजार ८ सय ३१ जना निको भएका छन् । कोरोनाबाट ज्यान गुमाउनेको संख्या गण्डकीमा ३३ जना पुगेको छ ।