थपिए ९१२ कोरोना सङ्क्रमित

-



     सफल आवाज    
     श्रावण २० गते २०७९ मा प्रकाशित



काठमाडौं, २० साउन । नेपालमा पछिल्लो २४ घण्टामा ९ सय १२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उक्त अवधिमा २ हजार ९४१ को पीसीआर र ३ हजार ५५० जनाको एन्टिजेन गरी ६ हजार ४९१ जनाको नमूना परीक्षण गरिएकोमा ९१२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

तीमध्ये पीसीआर विधिबाट ५२९ तथा एन्टिजेन विधिबाट ३८३ सङ्क्रमित भेटिएको मन्त्रालयले जनाएको छ । सो अवधिमा ३ सय ७० जना कोरोना सङ्क्रमित निको भएका छन् भने घण्टामा कोरोना सङ्क्रमणका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

आज थपिएका सँगै नेपालमा कोरोनाका सक्रिय सङ्क्रमित ५ हजार ७ सय ६० पुगेका छन् । मन्त्रालयले यस अवधिमा कोरोनाविरुद्धको खोप लगाएका हरुको विवरण शून्य रहेको उल्लेख गरेको छ ।