
पोखरा, २० साउन । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ र २०७८ फाेटाे पत्रकार राम गुरुङ र पत्रकार रामप्रसाद तिमिल्सिनालाई अर्पण गरेका छन् ।
समाराेहमा बाेल्दै गुरुङले निर्धक्क भएर कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे। पत्रकारीतामा स्वतन्त्रता, समानता, विश्वसनियता र विश्वबन्धुत्वको आभाष पाईने भएकोले यसका बारेमा पत्रकारले कलम दौडाईरहन आवश्यक भएको बताए ।
नेपाल पत्रकार महासंघ कास्कीद्वारा संचालित गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ तथा २०७८ अर्पण समारोहलाई आज पोखरामा संवोधन गर्दै प्रमुख अतिथि गुरुङले स्वतन्त्रता प्राप्तिको लडाँईमा कलम चलाएका पत्रकारलाई समानता र जनाधिकारका बारेमा कलम चलाइरहन आग्रह गरे ।
संघर्षशिल पत्रकारीता जिवित पत्रकारिता हो, प्रदेश प्रमुख गुरुङले भने, नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको कुरा उठाउने पनि पत्रकार भएकोले पत्रकारिता आफैंमा जिवित र सम्मानपूर्ण पेशा भएको बताए ।
राज्य संचालनको क्रममा कहिं न कहिं त्रुटिहरु भईरहेका हुन्छन् तिनहरुलाई मसिनो गरी केलाउने, शासक निरंकुशतातर्फ गए खबरदारी गर्ने, संविधान, ऐन कानून मिचेर काम गर्ने धृष्टता राज्यबाट हुन सक्ने संकेत देखेमा त्यसको रक्षाका लागि दरो भएर उभिन आग्रह गरे ।
कास्कीबाट सरुवा भएर जान लागेका कास्की जिल्ला न्यायाधिश श्रीकृष्ण भट्टराईले कास्कीमा रहँदा पत्रकारीता क्षेत्रबाट राम्रो समन्वयकारी भूमिका निर्वाह भएको, न्याय सम्पादनका क्रममा पिडकलाई कानूनी दायरामा ल्याउन र पिडितलाई न्याय दिलाउने लगायतका विषयमा सकारात्मक सहयोग पाएकोमा आभार व्यक्त गरे ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलले पत्रकारले राजनीति गर्न नहुने र राजनीति गर्ने भए पत्रकार महासंघबाट राजिनामा दिएर राजनीतिमा जानेलाई रोक्न नसकिने बताए ।
२०७८ को गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारिता परस्कारबाट सम्मानित पत्रकार तथा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले प्राप्त पुरस्कारले थप जिम्मेवारी महशुस गरेको बताए । उनले जनपक्षिय पत्रकारीतामा २०५८ सालबाट लागिरहेको र आफु त्यसमा अडिग रहेको बताए । पुरस्कारले आगामी दिनका लागि काम गर्न थप उर्जा मिलेको बताए ।

यस्तै २०७७ को सोहि पुरस्कारबाट सम्मानित फोटो पत्रकार राम गुरुङले २०५६ सालबाट फोटो पत्रकारितामा लागेपछि पहिलो पटक फोटो पत्रकारले यसरी पुरस्कार पाएकोमा खुसि व्यक्त गरे । फोटो पत्रकारले पनि पुरस्कार पाउँछ र ? भन्ने लाग्थ्यो तर पाईने रहेछ भन्ने पुरस्कृत भएपछि त्यो कुराको पुष्टि भएको बताए ।
पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले फोटो पत्रकार राम गुरुङलाइ २०७७ काे तथा अर्का पत्रकार रामप्रसाद तिमिल्सिनालाई २०७८ काे लागि दोसल्ला, प्रमाण पत्र तथा जनहि नगद २५ हजार र फूलमालाले सम्मान गरेका थिए । सो अवसरमा पुरस्कारका दाता स्व.पत्रकार गजेन्द्र भण्डारीकी श्रमती सरस्वती भण्डारी, कान्छो छोरा सन्तोष भण्डारी लगायत सरिक भएका थिए ।
कार्यक्रममा पुरस्कार छनोट समितिका संयोजक वरिष्ठ पत्रकार कोमलनाथ वराल, वरिष्ठ पत्रकार बृद्रीविनोद प्रतिक, सन्तोष भण्डारी, महासंघ कास्कीका पूर्व अध्यक्ष रुवीन्द्र वास्तोला लगायतले स्व.पत्रकार गजेन्द्र भण्डारीले पत्रकारिता क्षेत्रमा गरेको योगदानको स्मरण गरेका थिए । शाखा सचिव माधव वरालले संचालन गरेको कार्यक्रमको अध्यक्षता अध्यक्ष विमला भण्डारीले गरेकि थिइन ।






वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ (इयु) सहित…
काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने… 



