
काठमाडौं, २२ साउन । चन्द्रागिरी हिल्सले गत आर्थिक वर्षका चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । हालै सार्वजनिक भएको उक्त विवरण अनुसार कम्पनीले उक्त अवधिमा २ करोड ५५ लाख ७७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
यो आँकडा अघिल्लो आर्थिक वर्षको तुलनामा सकारात्मक देखिएको छ । नाफा रकम धेरै नदेखिए पनि कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ब्यहोरेको २४ करोड ६२ लाख रुपैयाँ घाटालाई संयोजना गर्दै त्यसपछि २ करोड ५५ लाख रुपैयाँ नाफाका रुपमा आर्जन गर्न सफल भएको विवरणले देखाएको छ ।
कम्पनीले गत वर्ष २०७८/७९ मा समग्र व्यवसाय सञ्चालनबाट ६६ करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको विवरण छ । यो आँकडा अघिल्लो वर्ष अर्थाते २०७७/७८ सम्म २२ करोड १९ लाख रुपैयाँ मात्र थियो । यस हिसाबले हेर्दा गत आर्थिक वर्षमा कम्पनीको सञ्चालन आम्दानी ३ गुणाले बढेको देखिन्छ ।
समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी अर्थात् ईपीएस पनि बढेर १.६७ रुपैयाँमा पुगेको छ । अघिल्लो वर्षमा समग्रमा घाटा ब्यहोरेको कम्पनीको ईपीएस पनि १७.७८ रुपैयाँले ऋणात्मक रहेको थियो । यसरी हेर्दा १ वर्षको अवधिमा कम्पनीले नाफा तथा ईपीएसमा सकारारत्मक लय समाउन सफल भएको देखिन्छ ।
यसैगरी समीक्षा अवधिमा कम्पनीको प्रति सेयर नेटवर्थ ७४.२९ रुपैयाँ रहेको छ । यस्तै कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ तथा जगेडा कोष भने ३९ करोड ४४ लाख रुपैयाँले ऋणात्मक रहेको विवरणले देखाएको छ ।






प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ (इयु) सहित…
काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख… 



