५५३ जनामा कोरोना सङ्क्रमण, ४४३ जना डिस्चार्ज

-



     सफल आवाज    
     श्रावण २२ गते २०७९ मा प्रकाशित



काठमाडौं, २२ साउन । पछिल्लो २४ घण्टामा देशभर ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा २ हजार ४० जनाको पीसीआर र १ हजार ७४९ जनाको एन्टिजेन गरी ३ हजार ७८९ जनामा गररिएको परीक्षणमा ५५३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

तीमध्ये पीसीआर परीक्षणबाट ४५१ जना र एन्टिजेन परीक्षणबाट १०२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो आँकडासँगै देशभर कोरोनाको सक्रिय सङ्क्रमित ५ हजार ६५९ पुगेका छन् । यसैगरी यो अवधिमा ४३३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् भने कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ९६४ जनाकले कोरोनाविरुद्धको खोप लगाएका छन् । केही समययता कोरोना सङ्क्रित बढ्दै गएकाले सरकारले सजग रहन स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गर्दै आएको छ ।