गण्डकीमा एकै दिन १०४ संक्रमित थप

-



     सफल आवाज    
     असाेज १८ गते २०७७ मा प्रकाशित



पोखरा, १८ असोज । गण्डकी प्रदेशमा आइतबारमात्रै १ सय ४ कोरोना संक्रमित थप भैसकेका छन् । प्रदेशमा शनिबारसम्म ४ हजार १५ जना संक्रमित रहेकोमा गएको २४ घण्टामा १ सय ४ संक्रमित थप सँगै कुल संक्रमितको संख्या ४ हजार १ सय १९ पुगेको हो । नयाँ संक्रमितमध्ये पोखरामा ३ जना मात्र छन् ।

यसैबीच, नवलपुरको विनयत्रिवेणी–२, दुम्कीवासका ३६ वर्षीय पुरुषको शनिबार मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार यो सहित प्रदेशका कोरोना संक्रमितमध्ये मृत्यु हुनेको कुल संख्या ३४ पुगेको छ । स्वास्थ्य निर्देशनालयले दिउँसो २ बजेर ३० मिनेटसम्म चार वटा फरक विज्ञप्ति जारी गरिसकेको छ । रातिसम्म अझ थप हुने अनुमान छ ।

हेर्नोस् जारी विज्ञप्तिहरु: