७ सय ८१ कोरोना सङ्क्रमित थपिए, २ जनाको मृत्यु

-



     सफल आवाज    
     श्रावण २७ गते २०७९ मा प्रकाशित



काठमाण्डौ, २७ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी ४ हजार ७१२ जनाको नमूना परीक्षण गरिएकोमा ७ सय ८१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

उक्त अवधिमा ५ सय ११ जना कोरोना सङ्क्रमित निको भएका छन् भने कोरोना भाइरसको सङ्क्रमणका कारण २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज थपिएको आँकडासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ७ सय ७५ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा देशभरमा २३ हजार ८०१ जनाले कोरोनाविरुद्धको खोप लगाएका तथ्याङ्क मन्त्रालयले अद्यावधिक गरेको छ । कोरोना सङ्क्रमण तथा मृत्युदर बढ्दै गएपछि केही समयअघिदेखि सरकारले सबैलाई मास्क लगाउने, हात धुने, भिडभाडमा नजाने लगायतका सुरक्षा उपायहरु अवलम्बन गर्न आग्रह गर्दै आएको छ ।