
भारत, २९ साउन । भारतको दलाल स्ट्रीटका ‘बिग बुल’ का नामले चिनिने अर्बपति राकेश झुनझुनवालाको आइतबार बिहान ६२ वर्षको उमेरमा निधन भएको छ ।
भारतीय सेयर बजारमा ५ हजारदेखि ४३.३९ करोडसम्मको आर्जन गर्न सफल झुनझुनवालालाई बिग बुल अफ दलाल स्ट्रीट अर्थात् दलाल स्ट्रीटका बिग बुलका नामले बढी चिनिने गरिन्थ्यो । उनी आफैं चार्टर्ड एकाउन्टेन्ट थिए भने हंगामा मिडिया तथा एपटेकका अध्यक्षका साथै भिक्ट्री होटल, कंकर्ड बायोटेक, प्रोभोग इण्डिया र जियोजित फाइनान्सियल सर्भिसेजका निर्देशक समेत थिए ।
झुनझुनवाला गत साता मात्रै ‘आकासा’ एयरलाइन्सबाट उड्डयन क्षेत्रमा प्रवेश गरेका थिए। सन् १९९२ मा हर्षद मेहता घोटाला पर्दाफास हुँदा उनले सर्ट सेलिंगबाट ठूलो नाफा कमाएका थिए। उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमार्फत् समवेदना व्यक्त गरेका छन् ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




