४ सय ५५ जनामा कोरोना सङ्क्रमण, २ जनाको मृत्यु

-



     सफल आवाज    
     श्रावण २९ गते २०७९ मा प्रकाशित



काठमाण्डौ, २९ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी ४ हजार ८२९ जनाको नमूना परीक्षण गरिएकोमा ४ सय ५५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

२ हजार ३०८ जनाको पीसीआर गर्दा ३०५ तथा २ हजार ५२१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १५० जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा ३ सय २ जना कोरोना सङ्क्रमित निको भएका छन् भने कोरोना भाइरसको सङ्क्रमणका कारण २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज थपिएको आँकडासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४ सय ३५ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा देशभरमा १३ हजार ३२८ जनाले कोरोनाविरुद्धको खोप लगाएका तथ्याङ्क मन्त्रालयले अद्यावधिक गरेको छ । कोरोना सङ्क्रमण तथा मृत्युदर बढ्दै गएपछि केही समयअघिदेखि सरकारले सबैलाई मास्क लगाउने, हात धुने, भिडभाडमा नजाने लगायतका सुरक्षा उपायहरु अवलम्बन गर्न आग्रह गर्दै आएको छ ।