
मोगादिसु, ३० साउन । सोमालियाको सेना र संयुक्त राष्ट्रसङ्घीय सेनाले गरेको संयुक्त कारबाहीका क्रममा अल सेबाबका कम्तीमा पनि १३ जनाको ज्यान गएको छ ।
मध्य सोमालियाको हिरान क्षेत्रमा भएको हवाई कारबाहीका क्रममा ती लडाकू मारिएका समाचारमा जनाइएको छ । सोमाली नेसनल आर्मी रेडियोले दिएको जानकारीअनुसार आइतबार यहाँको सेना र संयुक्त राष्ट्रसङ्घीय सेनाले गरेको हवाई कारबाहीका क्रममा ती लडाकू मारिएका छन् ।
हिरान क्षेत्रमा भएको आतङ्कवादीविरुद्ध कारबाहीमा ती लडाकू मारिएका सो रेडियोले जनाएको छ । उक्त कारबाहीका क्रममा परी अरु केही लडाकू घाइते भएका र अल सबाबका लडाकू भएका आश्रयस्थलहरु पनि ध्वस्त बनाइएको छ । यहाँका अल सेबाब लडाकूहरुका विरुद्धमा सोमालियाली सेना र संयुक्त राष्ट्रसङ्घीय सेनाले संयुक्त रुपमा आतङ्कवादीविरुद्ध कारबाही थालेका छन् ।
पछिल्ला दिनहरुमा अल सेबाबले यस क्षेत्रमा हिंसात्मक क्रियाकलाप सञ्चालन गर्दै आएकाले सो कारबाही अघि बढाइएको बताइएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




