सान्जेन जलविद्युतकाे सेयर खुल्याे, कहिलेसम्म दिने आवेदन ?

-



     सफल आवाज    
     भाद्र ५ गते २०७९ मा प्रकाशित



काठमाडाैं, ५ भदाै । सान्जेन जलविद्युत कम्पनीले आजदेखि ३६ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गरेकाे छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताका लागि साे सेयर निष्काशन गरेकाे हो।

कम्पनीले स्थानिय जनताका लागि छुट्याइएको १० प्रतिशत, ३६ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गरेकाेहाे । अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका वडा नं. ५ चिलिमे, प्रशारण लाइनबाट प्रभावित हुने आमाटादिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका वडाहरु १, २, ३ तथा कम प्रभावित बाँकी जिल्लाका सबै जनताकाे लागि आवेदन दिन सकिनेछ।

सेयरमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ । साे मितिसम्म माग बमाेजिमकाे आवेदन नपरेकाे खण्डमा ढिलोमा असोज ४ गतेसम्म आवेदन दिन सकिनेछ । सेयरमा घटिमा १० तथा बढीमा ७०० कित्ता सेयर माग गर्न सकिनेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सह निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड र एनएमबि क्यापिटल लिमिटेड रहेका छन्।