
काठमाडौं, ५ भाद्र। पिपुल्स पावरको साधारण शेयरमा आबेदन दिने आज अन्तिम दिन रहेकाे छ । पिपुल्सले सर्वसाधारणलाई जारी गरेकोे साधारण शेयरको सार्वजनिक निष्काशन मिति २०७९-०४-३१ गते देखि शुरु भई आज मिति २०७९-०५-०५ गते बैंकिङ्ग समयसम्म आवेदकहरुले शेयरमा आवेदन दिनको लागि मेरो शेयर मार्फत अथवा सिआश्वा सदस्य बैक तथा वित्तीय संस्थामा स्वंम उपस्थित भई आवेदन दिन सक्नेछन ।
स्थानियबासी, कर्मचारी र सामुहिक लगानी कोषका योजनाहरुलाई छुटयाईएको सम्पूर्ण शेयरको बाँडफाँड भएपश्चात सर्वसाधारणमा जारी भएको २२,९४,६८२ कित्ता साधारण शेयरमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ५०,००० कित्तासम्म आवेदन दिन सक्ने बताइएकाे छ ।
पिपुल्स पावर लिमिटेडले ईलाम जिल्लाको ईलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत सम्पन्न भईसकेको तथा कम्पनीले विद्युतको व्यापारीक उत्पादन गर्ने मिति २०७९ साल भदौ मसान्त रहेको छ । यस कम्पनीेको निष्काशन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



