१ अर्ब बराबरको ऋणपत्र जारी गर्दै लुम्बिनी विकास बैंक

-



     सफल आवाज    
     भाद्र ५ गते २०७९ मा प्रकाशित



काठमाडौं, ५ भदौ । लुम्बिनी विकास बैंकले ११ प्रतिशत ब्याजदरको १ अर्ब बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ‘एलएलबीएल डिभेन्चर २०८९’ नामक उक्त ऋणपत्र जारीका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको र बोर्डको अनुमतिपछि ऋणपत्र जारी गर्ने भएको हो ।

बैंकले गत असार ३० गते नेपाल धितोपत्र बोर्ड सेबोनमा आवेदन दिएको थियो । उक्त आवेदनउपर अनुमति आउनेबित्तिकै १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र जारी हुने कम्पनीले जनाएको छ ।

१० लाखमध्ये ४ लाख कित्ता ऋणपत्र सर्वसाधरणमा बिक्री गरिने छ भने बाँकी रहेको ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने कम्पनीको योजना रहेको छ । ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मा पाएको नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका अनुसार यो ऋणपत्रको अवधि १० वर्षको हुनेछ ।