
काठमाडौं, २० असोज । विश्वमा कोरोनाभाइरस संक्रमणबाट मुक्त भएकाहरुको संख्या २ करोड ६८ लाख ६६ हजार ६७८ पुगेको छ । अहिलेसम्म ३ करोड ५६ लाख ९८ हजार २६३ जनामा संक्रमण भएकोमा ज्यान गुमाउनेहरुको संख्या १० लाख ४५ हजार ९४२ रहेकाे छ ।
अहिले कोरोनाका सक्रिय केसहरु ७७ लाख ८५ हजार ६४३ रहेका छन् । ७७ लाख १८ हजार ७५४ जनाको अवस्था सामान्य भईरहेको छ । संक्रमितमध्ये ६६ हजार ८८९ जनाको अवस्था गम्भिर रहेको छ ।
कोभिड १९ बाट २१४ देश प्रभावित भएका छन् । सबैभन्दा बढी प्रभावित भएको देश अमेरिका रहेको छ । त्यहाँ ७६ लाख ७९ हजार ६४४ जनामा संक्रमण भएको छ । ४८ लाख ९५ हजार ७८ जना निको भईसकेका छन् । हालसम्म २ लाख १५ हजार ३२ जनाले ज्यान गुमाएका छन् ।
भारतमा विश्वकै दोश्रो धेरै कोरोना संक्रमण भएको देश हो । त्यहाँ ६६ लाख ८२ हजार ७३ जनामा संक्रमण भएकोमा ५६ लाख ५९ हजार ११० जना निको भईसकेका छन् । १ लाख ३ हजार ६०० ले ज्यान गुमाएका छन् ।
ब्राजिल तेश्रो धेरै संक्रमण फैलिएको देश हो । त्यहाँ ४९ लाख ४० हजार ४९९ जनामा संक्रमण भएको छ । ४२ लाख ९५ हजार ३०२ जना निको भईसकेका छन् । १ लाख ४६ हजार ७७३ जनाले ज्यान गुमाएका वर्ल्डओमिटर्स डट इन्फोले जनाएको छ ।
रसियामा हालसम्म १२ लाख २५ हजार ८८९ जनामा संक्रमण भएको छ । ९ लाख ८२ हजार ३२४ जना निको भईसकेका छन् । हालसम्म २१ हजार ४७५ जनाको ज्यान गएको छ । धेरै संक्रमण भएका ठूला देशहरुको तुलनामा रसियामा मृत्यु दर कम देखिएको छ । रसियाले कोरोना विरुद्धको खोप स्पुतनिक भि पनि परिक्षण गरिसकेको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




