आर्थिक सङ्कट र कोभिडका कारण बालअधिकार हनन् खुम्चिदै

-



     सफल आवाज    
     भाद्र १० गते २०७९ मा प्रकाशित



बेरुत १० भदौ । लेबनानमा पछिल्लो समयमा देखा परिरहेको आर्थिक सङ्कट र कोभिड १९ को महामारीका कारण यहाँका बालबालिकाको अधिकार खुम्चिदै गएको पाइएको बताइएको छ ।

समाचारमा जनाइएअनुसार आर्थिक सङ्कटका कारण यहाँका बालबालिकाले पाउने शिक्षा स्वास्थ्यलगायतका कैयौँ आधारभूत अधिकारहरुमा पनि कटौती भइरहेको छ । संयुक्त राष्ट्रसङ्घीय बालकोषले बिहीबार सार्वजनिक गरेको एक प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको पाइएको छ ।

बाल सिर्जना, खेल्ने अधिकार, शिक्षा तथा अन्य आधारभूत स्वास्थ्यको अधिकारबाट पनि यहाँका बालबालिका दिन प्रतिदिन बञ्चित हुदै गएका सो एजेन्सीले प्रकाशन गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ । खासगरी यहाँ पछिल्ला दिनहरुमा आर्थिक सङ्कटका कारण चर्काे मूल्य बृद्धि भएको र बेरोजगारी दर पनि दिनहुँ बढ्दै गएको छ ।

यसका कारण यहाँका मानिसहरु गरिबीको चपेटामा पर्दै गएका छन् । बाबुआमामा गरिबी तथा महङ्गीको समस्या आएपछि उनीहरुका छोराछोरीका आधारभूत बालअधिकारका सुविधाहरुमा पनि कटौती हुन पुगेको बताइएको छ । विश्वमा कोभिड १९ को सङ्क्रमणले समस्या पारिरहेको छ । त्यस्तै पछिल्ला केही महिनायता आर्थिक सङ्कट र महङ्गीको समस्या पनि उत्पन्न भएको छ । यसले गर्दा विश्वका अरु देशको जस्तै लेबनानमा पनि आर्थिक अभाव देखिएको छ ।

कोभिडका कारण अर्थतन्त्र पनि सङ्कटमा पर्न लागेको बताइएको छ । सो अध्ययनले लेबनानका ८० प्रतिशत भन्दा बढी नागरिकले घरमा आवश्यक पर्ने न्युनतम आवश्यकताको पूर्ति गर्नका लागि खर्च गर्न नसक्ने अवस्थामा पुगेका देखाएको छ ।