
काठमाडौं, १० भदाै । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह अवैध रुपमा बनाइएका संरचना भत्काउन एक्सनमा उत्रिएका छन् । कानूनत: जुन प्रयाेजनका लागि हाे त्याे अनुसारकाे काम भएकाे छ कि छैन भन्ने बारेमा उनि अनुगमनमा हिडिरहेका छन् ।
उनकाे टाेलिले त्रिपुरेश्वरमा रहेकाे राहदानी विभागमा एक्सन लिएपछी विभागले पार्किङस्थलमा राखिएका कुर्सिहरु हटाइ सेवाग्राहीका लागि पार्किङ खुलाएको छ । याे कार्य आइतबार भदाै १२ गतेबाट कार्यान्वयनमा ल्याइने भएकाे छ । विभागले आज एक सूचना प्रकाशन गरेर साे कुराकाे जानकारी गराएकाे हाे
काठमाडौं महानगरपालिकाकाकाे टाेलीले बिहान उक्त क्षेत्रको अनुगमन गरेर त्यहाँ राखिएका कुर्सिहरु हटाएकाे थियाे भने साे स्थान पार्किङका लागि खुल्ला गर्न आग्रह गरेकाे थियो।
विभागले कुर्सिहरु हटउन आनाकानि गरेपछि नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेकाे नेतृत्वमा गएकाे टोलीले विभागले पार्किङमा राखेका कुर्सीलगायतका सामान हटाएकाे हो। यसअघी पार्किङ असुविधाकाे कारण सवारीसाधन बाटाेमा राख्दा ट्राफिक जाम हुने समस्या रहेकाे थियाे ।
काठमाडौं महानगरले अवैध रुपमा बनाइएका संरचना भत्काउन ३५ दिने सूचना प्रकाशित गरेकाे थियाे । साे अवधिमा ति संरचनाहरु नहटाएका क्षेत्रमा महानगर प्रमुख बालेन शाह एक्सनमा उत्रिएका छन् । उनले डोजर चलाएर ति संरचनाहरु भत्काएका छन्।
कतिपय संरचना बैङ्क, स्वास्थ्य संस्था, सरकारी, निजि, व्यापार व्यवसाय लगायतका रहेका छन् ।
राहदानी विभागले प्रकाशन गरेकाे सूचना






प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ (इयु) सहित…
काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख… 



