कोरोनाबाट थप ९ जनाको मृत्यु

-



     सफल आवाज    
     असाेज २० गते २०७७ मा प्रकाशित



काठमाडौं, २० असोज । नेपालमा गएको २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार ५ पुरुष र ४ महिला गरी ९ जनाको मृत्यु भएको हो ।

तीमध्ये तेह्रथुममा १ जना, सुनसरीमा १ जना, काठमाडौंमा २ जना, ललितपुरमा ३ जना, चितवनमा १ जना र नवलपुरमा १ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ६३ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ५ सय ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ७ सय ९ रहेको छ ।