खप्तड लघुवित्तको आईपीओमा आजसम्म आवेदन दिन सकिने

-



     सफल आवाज    
     भाद्र १२ गते २०७९ मा प्रकाशित



काठमाडौं, १२ भदौ । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत भदौ ८ गतेदेखि १ लाख ३२ हजार कित्ता सेयर निष्कासन तथा बिक्री खुला गरेको हो ।

लघुवित्तले आफ्नो चालु पुँजी ४ करोड रुपैयाँको ३३ प्रतिशतले हुन आउने १ करोड ३२ लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित मूल्य भएका १ करोड ३२ लाख रुपैयाँ आईपीओ जारी गरेको र त्‍यसका लागि आवेदन दिने म्याद आज भदौ १२ गतेलाई तोकेको थियो ।

सिडिएस एण्ड क्लियरिङ्गले आइतबार बिहान १० बजेसम्म अद्यावधिक गरेरको तथ्याङ्क अनुसार उक्त अवधिसम्म १५ लाख ९४ हजार ८० आवेदकले १ करोड ७६ लाख ८४ हजार ५२० कित्ता सेयरका लागि आवेदन हालेका छन् ।

ताेकिएकाे मितिसम्म माग बमाेजिमकाे आवेदन पेश नभएमा ढिलोमा भदौ २२ गतेसम्म आवेदन दिन पाइनेछ प्रावधान राखिए पनि अब त्यसो गरिरहनु पर्ने अवस्था छैन । लगानीकर्ताले घटिमा १० तथा बढीमा १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले सि-आस्वा सदस्य रहेकाे बैंक तथा वित्तीय संस्थाबाट तथा मेरोसेयर वेबपेज र एप्सबाट पनि आवेदन दिन पाउने व्यवस्था गरिएको छ । लघुवित्तको चुक्ता पूँजी २ करोड ६८ लाख रुपैयाँ रहकाेमा सेयर वितरपछि ४ करोड रुपैयाँ पुग्ने भएकाे छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।