
काठमाडौं, १२ भदौ । अरुण काबेली पावर लिमिटेडलाई विद्युत नियमन आयोगले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने अनुमति दिएको छ । आयोगले शुक्रबार कम्पनीलाई हाल कायम चुक्ता पुँजीको १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने स्वीकृति प्रदान गरेको हो ।
कम्पनीको केही समय अघि सम्पन्न ११ औं वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७७/७८ को चुक्ता पुँजीमा प्रस्तावित १७ प्रतिशत बोनस सेयरपछि कायम हुन आउने चुक्ता पुँजीको शतप्रतिशत हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पारित भएको थियो ।
कम्पनीको केही समय अघि सम्पन्न ११ औं वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७७/७८ को चुक्ता पुँजीमा प्रस्तावित १७ प्रतिशत बोनस सेयरपछि कायम हुन आउने चुक्ता पुँजीको शतप्रतिशत हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पारित भएको थियो ।
बैठकले पारित गरेको उक्त बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । कम्पनीले सोही बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।
अरुण भ्याली हाइड्रोपावर ग्रुप अन्तर्गत प्रवर्द्धित यो कम्पनीमा अरुण भ्याली हाइड्रोपावरको २४ प्रतिशत तथा अपि पावरको ३ प्रतिशत हिस्सा रहेको छ ।
अरुण काबेली पावरले हाल २५ मेगावाट क्षमताको काबेली बी-१ हाइड्रोपावर आयोजना सञ्चानल गरिरहेको । विद्युत प्राधिकरणबीच १४१.७५ गिगावाट विद्युतका लागि पीपीए सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



