२ सय २ कोरोना सङ्क्रमित थपिए, १ जनाको मृत्यु

-



     सफल आवाज    
     भाद्र १२ गते २०७९ मा प्रकाशित



काठमाण्डौ, १२ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा २ सय २ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी ३ हजार ८३३ जनाको नमूना परीक्षण गरिएकोमा २ सय २ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

२ हजा ६४ जनाको पीसीआर गर्दा १६४ जनामा तथा १ हजार ७६९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३८ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा ४ सय ६२ जना कोरोना सङ्क्रमित निको भएका छन् भने कोरोना भाइरसको सङ्क्रमणबाट कसैले पनि ज्यान गुमाउनु परेको छैन । आज थपिएको आँकडासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमित ३ हजार ३१२ पुगेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा देशभरमा ५१ हजार २३४ जनाले कोरोनाविरुद्धको खोप लगाएका तथ्याङ्क मन्त्रालयले अद्यावधिक गरेको छ । देशमा कोरोना सङ्क्रमित बढ्दै जान थालेपछि पछिल्लो समय सरकारले मास्क लगाउने, भिडभाडमा नजाने तथा सामाजिक दूरी कायम गर्नेजस्ता सुरक्षात्मक उपाय अवलम्बन गर्न सबैमा आग्रह गर्दै आइरहेको छ ।