नबिल बैंकको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

-



     सफल आवाज    
     भाद्र १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ भदौ । नबिल बैंकले २ करोड ४० लाख रुपैयाँ बराबरको संस्थापक सेयरको बिक्री खुलाएको छ । विद्यमान संस्थापक सेयरधनीको नाममा रहेको ५० हजार कित्ता संस्थापक सेयर बिक्री खुलाएको बैंकले जनाएको छ ।

बैंकका संस्थापक सेयरधनीले ४८० रुपैयाँका दरले सेयर बेच्न बैंकमा आवेदन दिएपछि सञ्चालक समितिले सोही अनुरुप बिक्री प्रक्रिया अघि बढाएको बुझिएको छ ।

नियम अनुसार सेयर खरिदका लागि पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीहरुलाई नै दिनुपर्ने भएकाले पहिलो चरणमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउने गरी बिक्री खुलाइएको छ । 

सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ । ३५ दिनभित्र पनि संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा भने बैंकले उक्त सेयर अन्य जो कोही खरिदकर्तालाई बिक्री गर्ने बुझिएको छ ।