विश्वकै तेश्राे धनीकाे सूचीमा परे भारतका गाैतम अडानी

-



     सफल आवाज    
     भाद्र १४ गते २०७९ मा प्रकाशित



काठमाडौं, १४ भदाै । विश्वकै तेस्रो सर्वाधिक धनी व्यक्ति भारतका गौतम अडानी बनेका छन् । अडानी विश्वका सर्वाधिक धनीहरुको सूचीमा तेश्राेमा परेका एसियाका पहिलो व्यक्ति भएका छन् ।

ब्लुमबर्गले सार्वजनिक गरेको सूची अनुसार अडानी ग्रुपका संस्थापकको सम्पति आजसम्म १ खर्ब ३७ अर्ब अमेरिकी डलर रहेकाे छ । जसकाे कारण अडानी ब्लुमबर्गको प्रकाशित सूचीमा तेस्रो स्थानमा रहन सफल भएका छन्।

कजेलकाे पढाइ छाेडेर हिराको व्यापारमा लागेका अडानीले हाल कोइलाको व्यवसायमा अगाडी रहेका छन् । भारतमा अडानीकाे अडाी ग्रुप ठूलो व्यापारिक घरानाहरुमा एक हाे ।

अडानी भारतकै मुकेश अम्बानी र चीनका अलिबाबाका ज्याक मा भन्दा अगाडी गएका छन्। उनकाे पछाडी लुई भिटनका मालिक फ्रान्सेली बर्नार्ड आर्नल्ट रहेका छन् ।

अडानी पहिलो स्थानमा रहेका टेस्लाका एलन मस्क र दोस्रो स्थानमा रहेका अमेजनका जेफ बेजोसकाे पछि पछि दाैडिएका छन् । उनकाे ध्यय पक्कै पनि उनीहरुलाइ पछाडी पार्ने नै हाे ।

बेजोसको सम्पति १ खर्ब ५३ अर्ब डलर र मस्कको २ खर्ब ५१ अर्ब डलर छ । अडानीको सम्पति सन् २०२२ मा मात्रै ६०.९ अर्ब डलरले बढेको छ ।