
काठमाडौं, २१ असोज । विश्वमा कोरोना भाइरसको संक्रमण भएका ३ करोड ६० लाख ४५ हजार ५० संक्रमितमध्ये २ करोड ७१ लाख ४९ हजार २२३ जना कोरोना मुक्त भएका छन् । कुल संक्रमितमध्ये अहिलेसम्म १० लाख ५४ हजार ६०७ जनाको ज्यान गएको छ ।
हाल कोरोनाका सक्रिय केसहरु ७८ लाख ४१ हजार २२० रहेकोमा ७७ लाख ७३ हजार ३३९ जनाको अवस्था सामान्य भईरहेको छ । ६७ हजार ८२१ जनाको अवस्था गम्भिर रहेको छ । विश्वभरको तथ्यांकलाई हेर्ने हो भने निको हुने दर ९६ प्रतिशत रहेको छ । मृत्यु दर ४ प्रतिशत रहेको छ । गम्भिर भएकाहरु १ प्रतिशत छन । अहिले सामान्य अवस्थामा आउन लागेकाहरु ९९ प्रतिशत रहेका छन् ।
कोरोनाको संक्रमण फैलिएका २१४ देशमध्ये सबैभन्दा बढी संक्रमण फैलिएको देश अमेरिकामा ४९ लाख ३५ हजार ५४५ जना निको भएका छन् । त्यहाँ ७७ लाख २२ हजार ७४६ जनामा संक्रमण भएकोमा २ लाख १५ हजार ८२२ जनाको ज्यान गएको छ ।
भारत दोश्रो धेरै संक्रमण फैलिएको देश हो । अहिलेसम्म भारतमा ५७ लाख ४४ हजार ६९३ जना निको भईसकेका छन् । त्यहाँ ६७ लाख ५७ हजार १३१ जनामा संक्रमण भएकोमा १ लाख ४ हजार ५९१ जनाले ज्यान गुमाएका छन् ।
ब्राजिल कोरोना प्रभावित भएका देशहरुमध्ये तेश्राे क्रममा रहेको छ । त्यहाँ ४३ लाख ५२ हजार ८७१ जना निको भईसकेका छन् । ४९ लाख ७० हजार ९५३ जनामा संक्रमण भएकोमा १ लाख ४७ हजार ५७१ जनाको ज्यान गएको छ ।
रसियामा ९ लाख ८८ हजार ५७६ जना निको भएका छन । १२ लाख ३७ हजार ५०४ जनामा संक्रमण भएकोमा २१ हजार ६६३ जनाले ज्यान गुमाएका छन् ।
कोलम्बिया विश्वमा पाँचौ धेरै प्रभावित भएको देश हो । त्यहाँ ७ लाख ७० हजार ८१२ जना निको भईसकेका छन् । ८ लाख ६९ हजार ८०८ जनामा संक्रमण भएकोमा २७ हजार १७ जनाको ज्यान गएको वर्ल्डओमिटर्स डट इन्फोले जनाएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




